logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

‘झुण्ड’को ट्रेलरमा यस्तो देखिए अमिताभ बच्चन


अंकुरण खबर
1.521K
Shares

भारतमा सुकुम्बासी बस्तीकेन्द्रित भएर फुटबलसम्बन्धी संस्था खोल्ने विजय बार्सेको जीवनमा आधारित फिल्म ‘झुण्ड’को ट्रेलर सार्वजनिक भएको छ।

ट्रेलरमा फिल्मका मुख्य अभिनेताको रुपमा अमिताभ बच्चन देखिएका छन्।

‘झुण्ड’ बार्सेको जीवनमा आधारित ‘स्पोर्टस् ड्रामा’ फिल्म हो। बार्सेले ‘स्लम सक्कर’ नामक गैरसरकारी संस्था चलाएका थिए। उक्त संस्थाबाट उनले अल्पसंख्यक समुदाय र भारतका सुकुम्बासी बस्तीका बालबालिकाको जीवनमा खेलकुदबाट परिवर्तन ल्याउने काम गरेका थिए।

झुण्डको ट्रेलरमा अमिताभ सुकुम्बासी बस्तीका बालबालिकासँग खेल सिकाइरहेका देखिन्छन्। सुकुम्बासी बस्तीमा खेल्ने बालबालिकालाई खेलको माध्यमबाट जीवनमा परिवर्तन ल्याउने कथालाई फिल्ममा देखाइएको छ।

‘सैराट’जस्तो सफल फिल्म निर्देशन गरेका निर्देशक नागराज मञ्जुले यो फिल्मका पनि निर्देशक हुन्। फिल्मको लेखन पनि उनले नै गरेका छन्। भुसन कुमार र किशन कुमारले लगानी गरेको फिल्म टीसिरिजको ब्यानरमा बनेको छ।

फिल्ममा अमिताबसँगै रिन्कु राजगुरु मुख्य भूमिकामा छिन्। त्यस्तै, आकाश थोसर, विक्री कदैन, गनेश देशमुख लगायतका कलाकारको अभिनय फिल्ममा छ। एजेन्सी