logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

युक्रेनमा नागरिक उडानमा प्रतिबन्ध, राजधानी किभमै बिस्फोटका आवाज


अंकुरण खबर
2.288K
Shares

किभ–युक्रेनको हवाई क्षेत्रमा नागरिक विमानको उडानहरूमा प्रतिबन्ध लगाइएको छ ।

‘नागरिक उड्डयनका लागि सम्भावित खतराका कारण प्रतिबन्ध गरिएको नोटिस टु एयरमेन (नोटम) ले जनाएको छ । यसबारे विस्तृत विवरण आउन बाँकी छ । युक्रेनी अधिकारीहरुले यसबारे कुनै टिप्पणी गरेका छैनन् ।

तर, प्रमुख युक्रेनी विमानस्थलहरुमा आगमन र प्रस्थान निर्धारित समयअनुसार चलिरहेको बताइएको छ ।

यसैबीच, युक्रेनको राजधानी किभ नजिक पाँचदेखि ६ ओटा बिस्फोटका आवाज सुनिएको बताइएको छ ।