logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रुसी बम हमलामा ७ जना युक्रेनीको मृत्यु, १९ जना बेपत्ता


अंकुरण खबर
1.326K
Shares

रुसी सेनाले गरेको बम आक्रमणमा ७ जना युक्रेनीको मृत्यु भएको युक्रेन प्रहरीले जनाएको छ ।

ओडेसा बाहिर पोडिल्स्कमा रहेको सैन्य इकाईमा भएको हमलामा छ जनाको मृत्यु भएको र सात जना घाइते भएका छन् । सो हमलामा १९ युक्रेनी हराइरहेका छन् ।

त्यस्तै, रुसी सेनाले मारियुपोल सहरमा गरेको अर्को  हमलामा थप एक जनाको मृत्यु भएको छ । रुसी सेनाले रुस र बेलारुसको सीमाबाट आक्रमण गरेको एएफपीले जनाएको छ ।

केही साताअघि मात्र रुस र बेलारुसले संयुक्त सैन्य अभ्यास गरेका थिए । यसैबीच, रुसी सेनाले स्थलमार्गबाट पनि आक्रमण सुरु गरेको विवरणहरुमा जनाइएको छ । एजेन्सी