logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

युक्रेनमाथि रुसले आक्रमण गरेपछि बेलायती प्रधानमन्त्रीले भने– यो हाम्रो महाद्वीपको लागि एक विपत्ति हो


अंकुरण खबर
780
Shares

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले रुस र युक्रेनबीचको युद्धलाई महाद्वीपको विपत्ति बताएका छन् ।

रुसले युक्रेनमाथि बिहीबार विहान सैन्य आक्रमण गरेपछि ट्वीटर मार्फत उनले यस्तो प्रतिक्रिया जनाएका हुन् ।

‘यो हाम्रो महाद्वीपको लागि एक विपत्ति हो,’ बेलायती प्रधानमन्त्री जोन्सनले ट्वीटरमा लेखेका छन्, ‘म आज युक्रेनमाथि रुसी आक्रमणका बारेमा राष्ट्रका नाममा सम्बोधन गर्नेछु ।’

उनले जी–सेभेन राष्ट्रका नेताहरुसँग पनि कुरा गर्ने बताएका छन् । ‘म जतिसक्दो चाँडो सबै नेटो नेताहरुको आकस्मिक बैठकको लाग आव्हान गर्दैछु,’ उनले भनेका छन् ।