उत्तर कोरियाले फेरि मिसाइल परीक्षण गरेको छ ।
दक्षिण कोरियाली समाचार एजेन्सी योनहापका अनुसार उत्तर कोरियाले आइतबार बिहान मिसाइल परीक्षण गरेको हो ।
जापानको क्योडो न्युजले पनि उत्तर कोरियाले क्षेप्यास्त्र प्रहार गरेको उल्लेख गरेको छ ।
क्योडोको रिपोर्टमा भनिएको छ, ‘यो मिसाइल जापानको सागरतर्फ प्रक्षेपण गरिएको छ । यो ब्यालिस्टिक मिसाइल हुन सक्छ । यो जापानको बाहिरी विशेष आर्थिक क्षेत्रमा देखिएको थियो ।’ जापानले आफ्ना जहाजहरूलाई पनि सतर्क रहन निर्देशन दिएको छ ।
जनवरीमा उत्तर कोरियाले आफ्नो सबैभन्दा शक्तिशाली मिसाइल परीक्षण गरेको थियो । एजेन्सी