logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

युक्रेनमा परमाणु पावर प्लान्टमा लागेको आगो नियन्त्रणमा


अंकुरण खबर
1.183K
Shares

युक्रेनको परमाणु पावर प्लान्टमा लागेको आगो नियन्त्रणमा आएको छ ।

रुसी आक्रमणका कारण प्लान्टमा रहेको पाँच तले तालिम केन्द्र रहेको भवनमा आगो लागेको युक्रेनले जनाएको छ । आगलागीले प्लान्टमा कुनै नोक्सानी नगरेको बताइएको छ ।

युक्रेनको आपत्कालिन सेवाका अधिकारीलाई सुरुमा आगलागी भएको स्थानमा जान दिइएको थिएन । पछि उनीहरुलाई प्रवेश दिएपछि आगो नियन्त्रणमा आएको थियो ।

घटनामा कोही पनि हताहत नभएको युक्रेनको आपत्कालिन सेवाले जनाएको छ ।

आगलागी भएपछि युक्रेनका राष्ट्रपति वोलोदोमीर जेनन्स्कीले ट्वीटर मार्फत रुसले प्लान्टमा आक्रमण गरेको जनाएका थिए ।