logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

चीनमा कोरोना संक्रमित बढ्दा स्कुल बिदा


अंकुरण खबर
1.261K
Shares

सन् २०१९ डिसेम्बरमा चीनको वुहानबाट फैलिएको कोरोना भाईरसले विश्वव्यापी रुपमा मानवीय क्षतिका साथै आर्थिक रुपमा पनि उत्तिकै कमजोर अवस्था सृजना गरेको दुई बर्ष पुरा हुँदा चीनमा पुनः कोरोना भाइरसको संक्रमण फैलिन थालेको छ ।

चीनको राष्ट्रिय आयोगले जनाए अनुसार आइतबार चीनमा एकैदिन ३ हजार ३ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आयोगका अनुसार नयाँ कोरोना संक्रमितको यो संख्या सन् २०२० पछिको दोब्बर बढी हो । कोरोना संक्रमितको संख्या बढेसँगै सांघाईमा शैक्षिक संस्थाहरु बन्द गरिएका छन् ।

चीनमा ओमिक्रोन र डेल्टा भेरियन्ट तीर्व रुपमा फैलिएसँगै उत्तरपूर्बी शहरहरुमा लकडाउन समेत गरिएको आयोगले जनाएको छ ।

सन् २०२० मा पनि कोरोना भाइरस फैलिएपछि कडा लकडाउन गरि कोरोना संक्रमणलाई नियन्त्रणमा लिएको थियो । चीनको जिलिन, सांदोन, सान्सी प्रान्तका केही स्थानका संक्रमित पाइएका र जिलिनमा हरेक दिन संक्रमितको संख्या बढ्दै गएको उल्लेख गरिएको छ ।

कोरोना संक्रमितको संख्या बढेसँगै निको भएका व्यक्तिहरुमा पुनः परिक्षण शुरु गरेको जनाईएको छ । पछिल्लो रिपोर्ट अनुसार ५ हजार जनामा कोरोना संक्रमण भै उपचार जारी राखिएको छ ।