logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कंगोमा विद्रोहीको हमलामा कम्तीमा २६ जनाको मृत्यु


अंकुरण खबर
936
Shares

उत्तरपूर्वी कंगोमा संदिग्ध जिहादीले गरेको हमलामा कम्तीमा २६ जनाको मृत्यु भएको स्थानीय रेडक्रसले जनाएको छ ।

इटुरी प्रान्तको इरूम क्षेत्रमा संदिग्ध जिहादीले आइतबार र सोमबार गरेका हमलामा उनीहरूको मृत्यु भएको हो ।

देशको कुख्यात सशस्त्र समूह एलाइड डेमोक्रेटिक फोर्सेस (एडीएफ) का विद्रोहीहरूले प्रान्तीय राजधानी बुनियाबाट ७५ किलोमिटर दक्षिणमा रहेको कोमान्डा वरपरका दुईवटा गाउँहरूमा हमला गरेकोे रेडक्रसका प्रमुख डेभिड बेइजाले बताए ।

विद्रोहीको हमलामा मुङ्सुमा १७ जना र शौरी मोया गाउँमा ९ जनाको मृत्यु भएको प्राप्त विवरणहरूमा जनाइएको छ । आक्रमणकारीहरूले इतुरी नदीको पुललाई निशाना बनाएर हमला गरेका थिए । एजेन्सी