logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

युक्रेन भन्छ : हालसम्म २० हजार रुसी सैनिक मारिए


अंकुरण खबर
546
Shares

रुसले युक्रेनमा आक्रमण सुरु गरेको आज ५१ दिन भएको छ।

यस क्रममा आफ्नो सेनाको जवाफी कारवाहीमा हालसम्म २० हजार रुसी सेनाको मृत्यु भएको युक्रेनले दाबी गरेको छ।

युक्रेनको रक्षा मन्त्रालयका अनुसार २० हजार सेना मारिनुका साथै ७५६ ट्यांक र १९ सय ७६ रुसी बख्तरबन्द सवारी पनि ध्वस्त बनाइएको छ।

यस्तै ३६६ आर्टिलरी सिस्टम, १२२ आरएसजेडवी र एमएलआरएस, ६६ एन्टी एअरक्राफ्ट सिस्टम, १६३ लडाकु विमान, १४४ हेलिकप्टर, १४३ अटोमोटिम सवारी, ८ जहाज, ७६ इन्धन ट्यांकर, १३५ यूएभी, २५ विशेष उपकरण र ४ मोबाइल एअरबीएम सिस्टम पनि ध्वस्त बनाइदिएको युक्रेनी रक्षा मन्त्रालयको तथ्यांक छ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले युक्रेन सिध्याउन खोजे रुस पनि विलय हुने चेतावनी दिएका छन्।