logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या झण्डै ९० प्रतिशतले बृद्धि, २१४ जनाको मृत्यु


अंकुरण खबर
1.209K
Shares

भारतमा सोमबार कोभिड-१९ को नयाँ संक्रमणमा अत्यधिक वृद्धि भएको छ।

आइतबारको तुलनामा सोमबार कोभिड-१९ को नयाँ संक्रमणमा ९० प्रतिशतले वृद्धि भएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।

सोमबार २४ घण्टाको अवधिमा २ हजार १८३ जना नयाँ संक्रमित थपिएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयलाई उदृत गर्दै हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ। जुन आइतबारको भन्दा १ हजार ३३ जनाले बढी हो।

करिब एक महिनापछि पहिलो पटक भारतमा एकै दिन २ हजारभन्दा बढीमा नयाँ संक्रमण पुष्टि भएको हो। यसअघि मार्च १९ मा २०७५ नयाँ संक्रमण देखिएको थियो।

त्यस्तै, पछिल्लो २४ घण्टामा २१४ जनाको कोभिड-१९ का कारण मृत्यु भएको बताइएको छ। जसमा केरला राज्यमा २१२ मृत्यु रिपोर्ट गरिएको छ। कुल मृत्युको संख्या ५ लाख २१ हजार ९ सय ६५ पुगेको छ।

भारतमा हाल ११ हजार ५४२ सक्रिय संक्रमित रहेको बताइएको छ । जुन कुल संक्रमणको ०.०३३ प्रतिशत हो। आइतबार ०.३१ प्रतिशत संक्रमण दर रहेको भारतमा सोमबार बढेर ०.८३ प्रतिशत पुगेको छ । त्यस्तै, हाल साप्ताहिक संक्रमण दर ०.३२ पुगेको छ।

पछिल्लो २४ घण्टामा १ हजार ९८५ संक्रमित निको भएका छन्। निको हुनेको कुल संख्या ४ करोड २५ लाख १० हजार ७७३ पुगेको छ।

राजधानी दिल्लीमा कोरोना संक्रमण चिन्ताजनक रुपमा वृद्धि भएको छ। दिल्लीमा अनिवार्य मास्क तथा करिब दुई वर्षपछि शहरका विद्यालयहरूमा व्यक्तिगत कक्षाहरू पूर्ण रूपमा पुनः सुरु भएसँगै कोरोना संक्रमण बढेको बताइएको छ।