logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

मारिओपोलका अन्तिम रक्षकहरू मारिए रुससँगको शान्ति वार्ता रद्ध हुन्छः जेलेन्स्की


अंकुरण खबर
1.222K
Shares

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले  मारिओपोल सहरका अन्तिम रक्षकहरू मारिएमा  रूससँगको शान्ति वार्ता रद्ध गर्ने चेतावनी दिएका छन् । रणनीतिक रूपमा महत्वपूर्ण उक्त सहरलाई रुसले ध्वस्त पारेको छ । सहर कब्जा गरेपछि त्यहाँ रहेका युक्रेनी सुरक्षाकर्मीलाई रुसी सेनाले घेराबन्दी गरेका विवरण सार्वजनिक भएका छन् ।

यसअघि सार्वजनिक भएको एउटा भिडियोमा महिला र बालबालिकाहरू स्टिल कारखाना मुनिको बंकरमा आश्रय लिइरहेका र अन्तिम रक्षकहरू कारखाना बाहिर रहेका देखिन्छन् ।

तीव्र गोलाबारीका कारण त्यहाँ सर्वसाधारणको उद्धार प्रभावित भएको अधिकारीहरूले बताएका छन् । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी बन्दरगाह सहर मारिओपोललाई युक्रेनबाट मुक्त गरिएको बताउँदै आफ्ना सेनाको प्रशंसा गरेका छन् ।