logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मस्कद्वारा ४४ अर्ब डलरमा ट्विटर किन्ने सहमति


अंकुरण खबर
962
Shares

अन्ततः सामाजिक सञ्जाल ट्विटरको सञ्चालक समिति ४४ अर्ब डलरमा उक्त कम्पनी अधिग्रहण गर्ने अर्बपति एलोन मस्कको प्रस्तावमा सहमत भएको छ । माइक्रोब्लगिङ साइटले विगत केही सातादेखि मस्कको प्रस्तावको मूल्यांकन गरेको थियो ।

मस्कले केही साताअघि ट्विटरका ‘डरलाग्दा सम्भावनाहरू’ भएको बताएका थिए । उनले नक्कली खाताहरू बन्द गर्नेदेखि धेरै परिवर्तनहरूको लागि पनि आह्वान गरेका छन् ।
फोब्र्स पत्रिकाका अनुसार मस्क विश्वको सबैभन्दा धनाढ्य हुन । उनको २७३ दशमलब ६ अर्ब डलर सम्पत्ति छ ।   विद्युतीय सवारी निर्माता टेस्लाका सीइओसमेत रहेका मस्क एरोस्पेस फर्म स्पेस एक्सको नेतृत्व गर्छन् ।