logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

फ्रान्सेली राष्ट्रपति म्याक्रोँलाई गोलभेडा प्रहार


अंकुरण खबर
897
Shares

फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोँमाथि गोलभेडा प्रहार भएको छ ।

आइतबार पुनः निर्वाचित भएपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिएका म्याक्रोँमाथि गोलभेडा प्रहार भएको हो ।

राष्ट्रपति चुनावमा आफ्नो विजयपछि म्याक्रोँले फ्रान्सेली जनतालाई अभिवादन गरिरहेका बेला एउटा भीडबाट कसैले उनलाई गोलभेडा प्रहार गरेको थियो। तर, राष्ट्रपतिलाई गोलभेडा लागेन। म्याँक्रोलाई प्रहार गरेको गोलभेडा उनलाई नलागी उनका सुरक्षाकर्मीलाई लागेको थियो। गोलेभडा लागेपछि ती सुरक्षाकर्मीले ‘प्रोजेक्टाइल’ भनेर चिच्याएका थिए।

तत्काल सुरक्षा अधिकारीहरूले म्याक्रोँलाई चारै दिशाबाट घेरेका थिए । उनीहरूमध्ये एक जनाले एउटा विशेष झन्डा खोलेर म्याक्रोँलाई ढाकेका थिए । एजेन्सी