logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

राजदूत बेरी भन्छन्ः लोकतान्त्रिक मूल्यमान्ता नै अमेरिका–नेपाल सम्बन्धको जग हो


अंकुरण खबर
1.391K
Shares

नेपाल–अमेरिका कूटनीतिक सम्बन्धको ७५ औं वार्षिकोत्सवको अवसरमा नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले शुभकामना सन्देश दिएका छन्।

उनले जनता–जनताबिचको सम्बन्ध, सार्वभौमिकता र लोकतान्त्रिक मूल्यमान्यता नै अमेरिका–नेपाल सम्बन्धको जग हो भनेका छन्।

उनले जलवायु सङ्कटलाई सम्बोधन गर्ने र बढ्दो अधिनायकवादबाट लोकतन्त्रलाई जोगाउने जस्ता कठिन समस्याहरूलाई समाधान गर्नका लागि नेपाल र अमेरिका थप नजिक हुनुपर्ने उल्लेख गरेका छन्।

उनले भनेका छन्,‘जनता–जनताबिचको सम्बन्ध, सार्वभौमिकता र लोकतान्त्रिक मूल्यमान्यता नै यस बहु-पुस्ताको अमेरिका-नेपाल सम्बन्धको जग हो। आजको दिनमा जलवायु सङ्कटलाई सम्बोधन गर्ने र बढ्दो अधिनायकवादबाट लोकतन्त्रलाई जोगाउने जस्ता कठिन समस्याहरूलाई समाधान गर्नका लागि हामीलाई पहिलेभन्दा बढी एकअर्काको आवश्यकता छ। यो काम हामी एकअर्कासँग मिलेर गर्न उत्सुक छौँ र यसबाट फल प्राप्त गर्नेछौँ, जसरी पुस्तौँदेखिको हाम्रो मित्रताले हामीलाई प्रतिफल दिँदै आएको छ।’