logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

संसदभित्रै अश्लील सामग्री हेर्ने बेलायती सांसद भन्छन् —भूलवश मोवाइलमा खुलेको हुन सक्छ


अंकुरण खबर
2.028K
Shares

बेलायती सांसद निल पेरिशले भूलवश आफ्नो मोवाइलमा पोर्न भिडियो खुलेको हुन सक्ने बताएका छन् । यसै साता उनी संसद् भवनभित्र मोवाइलमा अश्लील सामग्री हेरेको अवस्थामा भेटिएका थिए । सो घटनापछि पेरिश कन्जरभेटिभको संसदीय दलबाट निलम्बनमा परेका छन् ।

हाउस अफ कमन्सको वैठकमा उनले अश्लील सामाग्री हरेको दुई महिला सांसदहरुले आरोप लगाउँदै आएका छन् । आफूहरु नजिकै बसेर त्यस्तो सामाग्री हेरेको महिला सांसदहरुको गुनासो छ ।

यस विषयमा अनुसन्धान सुरु गरिएको छ । फैसला नआएसम्म उनले सांसद र वातावरण चयन समितिको अध्यक्षबाट राजीनामा दिन अस्वीकार गरेका छन् । तर, छानबिनमा दोषी पाइएमा राजीनामा दिने उनले बताएका छन् ।

शुक्रबार, पेरिसले आफूलाई संसदको मापदण्ड आयुक्त क्याथरिन स्टोनलाई त्यसबारे आफै जानाकारी गराएपछि उनको पार्टीबाट निलम्बन गरिएको थियो ।
‘निस्सन्देह यो लाजमर्दो छ । यो मेरी श्रीमती र परिवारको लागि लाजमर्दो छ ।  यो अहिलेको मेरो मुख्य चिन्ता हो । मसँग धेरै सहयोगी श्रीमती छिन र उनलाई  धन्यवाद दिन्छु’, पेरिशले भने ।