logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

फ्रान्सेली गायिका रिजाइनको मृत्यु


अंकुरण खबर
1.105K
Shares

फ्रान्सेली गायिका, कलाकार रिजाइनको ९२ वर्षको उमेरमा मृत्यु भएको छ।

रिजाइनको मृत्युबारे उनकी नातिनीले पुष्टि गरेकी हुन्। उनको आइतबार बिहान स्थानीय समय अनुसार ११ बजे मृत्यु भएको हो।

‘रातकी रानीले हामीलाई छोडेर गइन्।’ रिजाइनको परिवारसँग नजिक रहेकी साथीले भनिन्। रिजाइनले डिक्सो संगीतको आविष्कार स्व–घोषणा गर्दै आएकी थिइन्। उनले सन् १९५० मा पेसिरमा ‘नाइटक्लब’ खोलेकी थिइन्।

उनको पूरा नाम रिजाइन ज्यालबेरबर्ग हो। रिजाइनकी साथीकी अनुसार उनले रातभर मानिसलाई नाँचिरहने बनाउँथिन्।

रिजाइनले रोबर्ट एण्ड रोबर्ट लगायत धेरै चलचित्रमा काम गरेकी छन्।

उनको जन्म सन् ९२९ मा बेल्जियममा भएको थियो। उनको परिवार पोल्याण्डको यहुदी थिए। उनीहरु नाजीसँग भाग्दै फ्रान्स पुगेका थिए। उनले बेलायती राज परिवारको अगाडि पनि प्रस्तुति दिएकी छन्। एजेन्सी