logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आगलागीमा बालबालिकासहित ८ जनाको मृत्यु


अंकुरण खबर
1.157K
Shares

फिलिपिन्सको राजधानी मनिलानजिकै सयौँ घरमा आगलागी हुँदा ६ बालबालिकासहित ८ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । स्थानीय समयअनुसार सोमबार बिहान ५ बजे लागेको आगलागीमा ८० भन्दा बढी घर जलेका छन् ।

क्युजोन शहरकोे भीडयुक्त बस्तीमा रहेको घरको दोस्रो तल्लामा आगो लागेको थियो । आगलागीको कारण खुलेको छैन । आगो निभाउन करिब दुई घण्टा लागेको थियो ।

मृत्यु हुनेमध्ये ६ जना बालबालिका  छन् । ‘घरमा हल्का सामाग्री थियो । आगलागी हुँदा मानिसहरू स्तब्ध भए’, ग्रेग बिचायडाले भने ।