logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दक्षिण कोरियामा एकै दिन थपिए २० हजार बढी कोरोना संक्रमित


अंकुरण खबर
806
Shares

दक्षिण कोरियामा कोरोना भाइरसका संक्रमित पछिल्लो २४ घन्टामा २० हजार भन्दा बढी देखिएका छन्।

पछिल्लो समयमा भने यहाँ संक्रमितको संख्या घटेको देखिएको छ। गत २४ घण्टामा थप २० हजार ८४ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको बताइएको छ।

अघिल्लो दिनको तुलनामा भने यो संख्या घटेको हो। अघिल्लो दिन अर्थात् शनिबार यहाँ ३७ हजार ७०० भन्दा केही बढी संक्रमित थिए।

योसँगै यहाँका संक्रमितहरुको संख्या १ करोड ७२ लाख जना पुगेको बताइएको छ। पछिल्लो समयमा देखिएका मध्ये स्वदेशमै संक्रमित भएका र विदेशबाट आएका व्यक्तिमा पाइएको पनि स्थानीय समाचारमा जनाइएको छ।

गत मार्च महिनाको मध्यतिर यहाँ दैनिक दुई लाख भन्दा पनि बढी संक्रमितहरु देखिने गरेका थिए। अहिले भने यहाँ संक्रमितको संख्या घटेको पाइएको छ।