भारतका गृहमन्त्री अमित साहाले अब सीमा क्षेत्रमा दुश्मनलाई कडा प्रतिकार गर्ने बताएका छन्।
साहाका अनुसार अमेरिका र इजरायलले जसरी नै भारतले पनि सीमा क्षेत्रमा दुश्मनको दुस्साहसको कडा प्रतिकार गर्नेछ।
मुख्यगरी भारतसँग चीन र पाकिस्तानबीच सीमा विवाद छ। सीमा क्षेत्रमा लामो समयदेखि भारत–चीन र भारत पाकिस्तानबीच विवाद रहँदै आएको छ।
अमेरिका र इजरायलसँग शक्तिशाली हतियार र प्रतिरक्षा प्रणालीहरु छन्। भारतले पछिल्लो अभिव्यक्ति दिएर चीन र पाकिस्तानलाई अप्रत्यक्ष रूपमा चेतावनी दिएको अनुमान गरिएको छ।
भारतले आफूसँग पनि शक्तिशाली हतियार र प्रतिरक्षा प्रणाली भएको बताउन खोजिरहेको छ।