logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चीनमा रूसको ग्यास आपूर्ति ६० प्रतिशतले बृद्धि


अंकुरण खबर
1.027K
Shares

युक्रेनमा जारी युद्धबीच गत वर्षको तुलनामा सन् २०२२ को पहिलो चार महिनामा चीनमा रूसको ग्यास आपूर्ति ६० प्रतिशतले बढेको छ । रुसी उर्जा कम्पनी ग्याजप्रोमले आइतवार निर्यातमा उल्लेखनीय बृद्धि भएको घोषणा गरेको थियो ।

युक्रेन–रुस जारी युद्ध र पश्चिमा देशहरुरूले रुसमाथि लगाएको प्रतिबन्धबीच युरोपमा उर्जा निर्यात अनिश्चित बनेको छ । बेइजिङले युक्रेनमा रुसी आक्रमणको पूर्ण निन्दा गरेको छैन् । जारी संकट  कूटनीतिक माध्यमबाट समाधान गर्न उसले जोड दिँदै आएको छ ।

रुस र पश्चिमबीचको ऊर्जा गतिरोधले पूर्व सोभियत संघ बाहिरका देशहरूलाई ग्यास आपूर्तिमा यस वर्षको सुरुदेखि २६ दशमलब ९ प्रतिशतले गिरावट आएको प्रतिवेदनमा उल्लेख छ ।

पछिल्लो चार महिनामा कुल ५०.१ अर्ब घनमिटर ढुवानी भएको छ ।