logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

मस्कको स्वामित्वसँगै अब ट्विटर चलाए बापत् पैसा तिर्नुपर्ने


अंकुरण खबर
1.157K
Shares

विश्वका सबैभन्दा धनाढ्य व्यक्ति इलोन मस्कले चर्चित सामाजिक संजाल ट्विटर खरिद गरेको विषय सबैलाई थाहा नै छ।

उनले हालै मात्र ४४ अर्ब अमेरिकी डलरमा ट्विटर खरिद गरेका थिए । अर्थात् उनी ट्विटरका नयाँ मालिक हुन् ।

यसअघि नै उनको स्वामित्वमा टेस्ला, स्पेस एक्सजस्ता कम्पनी थिए । ट्विटर खरिद गरेको केही समयमै मस्कले एक उद्घोष पनि गरेका छन् ।

मस्कले ट्विट गर्दै अब ट्विटर चलाए बापत् पैसा तिर्नुपर्ने उल्लेख गरेका छन् । तर सामान्य मानिसलाई भने ट्विटर चलाउन पैसा लाग्नेछैन ।

उनका अनुसार कम्पनी तथा सरकारी संस्थाहरुले ट्विटर चलाउँदा केही रकम ट्विटरलाई बुझाउनुपर्ने हुन्छ । उनले ट्विटरमा धेरै त्रुटि भएको पहिल्यैबाट बताउँदै आएका थिए। उनले अन्य परिवर्तनहरु पनि ल्याउन सक्छन् । एजेन्सी