logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

किर्गिस्तानमा विषाक्त खाद्य पदार्थका कारण ३५ को मृत्यु


अंकुरण खबर
377
Shares

विषाक्त खाद्य पदार्थका कारण किर्गिस्तानमा ३५ जनाको मृत्यु भएको छ।

एकै खाद्य पसलका खाना खाँदा उनीहरुको मृत्यु भएको सरकारी अधिकारीहरुले बुधबार जानकारी दिएका छन्। विषाक्त खाद्य पदार्थका कारण अरु १८ जना १४ बर्ष भन्दा कम उमेरका बालबालिका विरामी भएका छन्।

उनीहरुको विभिन्न अस्पतालमा उपचार भरहेको र उनीहरुको अवस्था स्थिर रहेको स्वास्थ्यकर्मीहरुले जानकारी दिएका छन्।

विषाक्त खाद्यपदार्थ बेच्ने पसलेलाई प्रहरीले नियन्त्रण लिएर कारबाही प्रक्रिया सुरु गरेको प्रहरी अधिकारीहरुले जनाएका छन्।
प्रहरीले विषाक्त खाद्य पदार्थ विक्री वितरण गर्ने पसल बन्द गरिदिएको छ भने खाद्य पदार्थका एक हजार पोका बरामद पनि गरेको छ। सिन्ह्वा