logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चीनमा जिवित वृद्धलाई मृत ठानेर आर्यघाट लान खोजेपछि… (भिडियो)


अंकुरण खबर
871
Shares

चीनमा एक वृद्ध बिरामीलाई जिवित भएकै अवस्थामा मृत मानिसलाई राख्ने झोलामा प्याक गरेपछि सो घटनाले ठूलो विवाद निम्तिएको छ।

सांघाई जिल्लाको पुटुओको एक केअर होममा ती वृद्ध बस्दथे। ती वृद्धको मृत्यु भएको ठानी उनलाई झोलामा प्याक गरेर अन्त्येष्टीको लागि आर्यघाट लान लागिएको थियो।

सार्वजनिक भिडियोमा केही मानिसहरुले ती वृद्धलाई पहिल्यै मृत ठानेर झोलामा राखिसकेको देख्न सकिन्छ।

यद्यपी ती वृद्ध चल्न र छटपटाउन थालेपछि उनीहरुले ती वृद्धलाई त्यहाँबाट निकाल्छन्। यतिबेला अस्पतालमा ती वृद्धको अवस्था समान्य भएको बीबीसीले जनाएको छ।

सो घटनापछि यतिबेला चार जना व्यक्तिलाई अनुसन्धानको लागि गिरफ्तार गरिएको छ।

(भिडियो)