मे ९ मा रुसले भव्यताका साथ दोस्रो विश्वयुद्धको विजय दिवस मनाउँछ। रुसी प्रोपागाण्डाका साधन ठानिने राज्य नियन्त्रित सञ्चार माध्यमहरूमा पनि यो दिवसलाई अन्य कुनै अवसर भन्दा विशेष महत्त्व दिइने गरिएको छ।
यो वर्ष रुसी सेनाका लागि पनि यो दिवस महत्त्वको हुने छ। राष्ट्रपति भ्लादिमिर पुटिनले यो अवसरमा युक्रेन युद्धमा आफ्नो देशले हासिल गरेका उपलब्धिहरूको घोषणा गर्ने ठानिएको छ। यो दिनको अरू महत्त्व के छरु
दोस्रो विश्वयुद्ध आजका मितिसम्म विश्वमा भएको सशस्त्र युद्धमध्ये सबैभन्दा ठूलो हो। सन् १९३९मा पोल्याण्डमाथि आक्रमण भएपछि सुरु विश्वयुद्ध १९४५ मा अन्त्य भएको थियो। सुरुवात भएको समयलाई रुसले स्मरण गर्ने गरेको छैन।
यो विश्वयुद्धमा करोडौँ मानिसहरूले ज्यान गुमाएका थिए भने अन्य दशौँ लाख मानिसहरू विश्वका विभिन्न स्थानबाट विस्थापित भए।
धेरै देशहरूको बृहत् मोर्चाको रूपमा रहेको सोभियत सङ्घले यो युद्धमा नाजी जर्मनीलाई पराजित गरेको थियो।
अधिकांश लडाइँ यही क्षेत्रमा केन्द्रित भएका कारण यो भूभाग विश्वयुद्धबाट सबैभन्दा धेरै प्रभावित भयो।
(from BBC)