logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विमान दुर्घटनामा एकै परिवारका चार सदस्यसहित पाँच जनाको मृत्यु


अंकुरण खबर
1.768K
Shares

फ्रान्सको उच्च पहाडमा  एउटा  पर्यटक विमान दुर्घटना हुँदा  एकै परिवारका चार सदस्यसहित पाँच जनाको मृत्यु भएको त्यहाँको उद्धार सेवाले जनाएको छ ।
शनिबार दिउँसो दक्षिणपूर्वी फ्रान्सको ग्रेनोबलनजिकै भर्साउड एयरफिल्डबाट उडान भरेको केही समयपछि दुर्घटना भएको थियो । विमानस्थलबाट दुर्घटनाग्रस्त क्षेत्र आधा घन्टाको दूरीमा पर्छ ।

विमानको जलेको भग्नावशेषमा चार वयस्क र एक बच्चाको शव फेला परेको दुर्घटनाका प्रत्यक्षदर्शीहरूले आपतकालीन सेवाहरूलाई जानकारी दिएका छन् । आगो निभाउन करिब ६० अग्नि नियन्त्रक परिचालन गरिएका थिए ।

दुर्घटनाबारे छानबिन सुरु हुने भएको छ ।