logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जर्मनीमा दुर्लभ चरा जोगाउन बिरालोलाई घरबाहिर नछोड्न सरकारको उर्दी


अंकुरण खबर
1.651K
Shares

दक्षिणपश्चिमी जर्मनको वालडोर्फ सहरका अधिकारीहरूले केही बिरालो मालिकहरूलाई अगस्टको अन्त्यसम्म आफ्ना घरपालुवा जनावरहरूलाई घरभित्रै राख्न आदेश दिएका छन् । प्रजनन मौसममा दुर्लभ चरालाई बचाउन अधिकारीहरूले यस्तो आदेश दिएका हुन् ।

दुर्लभ क्रेस्टेड लार्कलाई बचाउने पहल स्वरुप अधिकारीहरूले यस्तो आदेश दिएका हुन् ।  यो चराले आफ्नो गुँड जमिनमा बनाउँछ ।  बिरालोका लागि यो चरा सजिलो शिकार मानिन्छ ।

पछिल्ला दशकमा पश्चिम युरोपमा चराहरूको संख्या तीव्र रूपमा घटेको छ । अधिकारीहरूका अनुसार पछिल्लो आदेश शहरको दक्षिणी भागमा सबै बिरालाहरूमा लागू हुन्छ र आगामी तीन वर्षसम्म निश्चित अवधिमा यो आदेश दोहो¥याइनेछ ।

तर, अधिकारबादीहरूले सरकारको आदेशको विरोध गरेका छन् । क्षेत्रीय पशु संरक्षण संघका प्रमुखले उक्त आदेशलाई चुनौती दिन कानुनी कदम चाल्ने योजना बनाएका छन् ।

‘यो अन्यायपूर्ण कदम रोक्न हामीले सक्दो प्रयास गर्नेछौं’, उनले भने ।