logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पुटिनको स्वास्थ्यबारे भइरहेका हल्लाबारे रुसी विदेशमन्त्रीले भने–सद्दे मानिसले राष्ट्रपतिमा रोगको लक्षण देख्दैनन्


अंकुरण खबर
741
Shares

रुसी विदेशमन्त्री सर्गेइ लाभरोभले राष्ट्रपति भ्लादिमिर पुटिन बिरामी भएको भन्ने हल्ला निराधार भएको बताएका छन् । राष्ट्रपतिमा कुनै पनि रोगको संकेत गर्ने लक्षण नदेखिएको समेत उनले बताए ।

राष्ट्रपतिको स्वास्थ्य अवस्थालाई लिएर पश्चिमा सञ्चार माध्यमहरूमा विभिन्न टिकाटिप्पणी  भइरहेका बेला विदेशमन्त्रीको स्पष्टोक्ति आएको हो । पुटिनलाई क्यान्सर र पार्किन्सन रोग लागेको ती सञ्चार माध्यमहरूले दाबी गरेका छन् ।

पुटिनको स्वास्थ्य र निजी जीवनबारे रूसमा सार्वजनिक रूपमा कहिल्यै चर्चा हुँदैन् ।

फ्रान्सको प्रसारण माध्यम टीएफ१ले सोधेको प्रश्नको जवाफ दिँदै रूसी शीर्ष कूटनीतिज्ञले भने, ‘मलाई लाग्दैन कि विवेकी मानिसहरूले पुटिनमा कुनै प्रकारको रोग वा रोगको लक्षण देख्न सक्छन् ।’

आगमी अक्टोबरमा ७० वर्ष टेक्न लागेका पुटिन हरेक दिन सार्वजनिक रूपमा देखा पर्ने उनले बताए । ‘तपाईं पुटिनलाई स्क्रिनमा हेर्न सक्नुहुन्छ, उनको भाषणहरू पढ्न र सुन्न सक्नुहुन्छ’ लाभरोभले भने ।