logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

हलीवुड अभिनेता जोनी डेपले मानहानिको मुद्दा जिते, अभिनेत्री एम्बर हर्डको आरोप ‘गलत’


अंकुरण खबर
1.3K
Shares

हलीवुड अभिनेता जोनी डेपले आफ्नी पूर्वपत्नी एम्बर हर्डविरुद्ध मानहानिको मुद्दा जितेका छन्।

छ साता लामो सुनुवाइका क्रममा ती दुई हलीवुड स्टारहरूले एक अर्कामाथि शारीरिक तथा भावनात्मक दुर्व्यवहारका नराम्रा खाले आरोपहरू लगाएका थिए।

एउटा अमेरिकी अदालतको जुरीले जोनी डेपले आफ्नो मानहानि भएकोमा क्षतिपूर्तिका लागि एक करोड ५० लाख डलर रकम पाउने आदेश दिएको छ।

अन्ठाउन्न वर्षे डेपविरुद्ध उनकी ३६ वर्षीया पूर्वपत्नी हर्डले विभिन्न तीनवटा मुद्दा लगाएकी थिइन्। त्यसमध्ये दुईवटामा अदालतले डेपलाई सफाइ दिएको छ।

तेस्रो मामिलामा भने उनले आफ्ना वकिलका माध्यमबाट पूर्वपत्नीको मानहानि गरेको ठहर गर्दै हर्डलाई २० लाख डलर क्षतिपूर्ति दिनुपर्ने आदेश दिएको छ।