भारतको लखनउमा एक किशोरले पबजी खेल्न नदिएको भन्दै आमाको हत्या गरेका छन् ।
उक्त १६ वर्षीय किशोरमा पबजीको लत थियो । आमाले उनलाई पबजी खेल्न नदिएको झोंकमा उनले बुवाको लाइसेन्सप्राप्त पेस्तोलले गोली हानेर आमाको हत्या गरिदिए ।
उनका बुवा भारतीय सेनामा कार्यरत थिए ।
प्रहरीले ती किशोरलाई नियन्त्रणमा लिएको छ र घटनास्थलबाट क्षतविक्षत लाशसहित पेस्तोल बरामद भएको समाचार एजेन्सी पीटीआईले जनाएको छ ।
सुरुमा ती किशोरले घटनाको झुटो विवरण बताउने गरेका थिए । उनले घरमा आउने गरेका इलेक्ट्रिसियनमाथि आरोप लगाउने गरेका थिए । तर अनुसन्धान गर्दै जाँदा उनले आमाको हत्या गरेको स्वीकार गरेको थिए ।