logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतीय एक दम्पत्तिको नियतिः अस्पतालबाट छोराको शव उठाउन सर्वसाधारणको दैलोमा भिख


अंकुरण खबर
663
Shares

एक दम्पतीले आफ्नो छोराको शव अस्पतालबाट उठाउन सर्वसाधारणको घर घरमा पुगेर पैसा मागेको एउटा भिडियोले भारतमा सामाजिक सञ्जाल तातिएको छ । उत्तरी राज्य बिहारको समस्तीपुर सहरमा खिचिएको भिडियो क्लिपमा वृद्ध पुरुष र महिला घरघर गएर मानिसहरूलाई मद्दत मागिरहेको देख्न सकिन्छ ।

अस्पतालका कर्मचारीले आफ्नो मृत छोराको शवको बदलामा मोटो घुस मागेपछि उनीहरूले भिख माग्न बाध्य भएको दम्पतीले बताए ।

दोषी कर्मचारीविरुद्ध कारबाही गरिने कर्मचारीले जनाएको छ । दम्पतीको अवस्थाले हजारौं गरिब भारतीय परिवारहरूको दुर्दशालाई प्रतिबिम्बित गर्दछ जसले अस्पतालबाट शव उठाउन मोटो रकम तिर्नुपर्छ ।
केही दिनअघि मुकेश ठाकुर र उनको पत्नीको छोरा हराए । यसै साताको सुरुमा छोरा हराएको सूचना आयो । उनको शव शहरको सद्दार अस्पतालमा रहेको खुलासा भयो ।

सद्दार अस्पताल पुगेपछि अस्पतालका कर्मचारीले शव लैजान ५० हजार भारु मागेका थिए । कर्मचारीले घुस मागेपछि बाबुआमा छोराको शव उठाउन सर्वसाधारणको घरघरमा पैसा संकलनका लागि पुगेका हुन् ।

उनीहरुले पैसा संकलन गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

घटनाबारे आफूले नजिकबाट अवलोकिन गरिरहेको सो अस्पतालका चिकित्सक एसके चौधरी बताउँछन् । उनको भनाइ उदृत गर्दै भारतीय समाचार संस्था एनडीटीभीले लेखेको छ, ‘दोषीलाई छुट दिइने छैन । यो मानवताको लागि लज्जास्पद विषय हो’