logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बलात्कारका दुई आरोपीलाई ज्युँदै जलाइयो


अंकुरण खबर
1.833K
Shares

यो घटना भारतको झारखण्डको बाँसु गाउँमा बुधबार राति भएको हो ।

बाबुआमासहित १६ वर्षकी किशोरी बाटोमा बस कुरिरहेका हुन्छन । मोटरसाइकलमा आएका दुई युवकले उनीहरुलाई देख्छन् र युवतीलाई मोटरसाइकलमा घर छाडिदिने भन्छन् ।  चिनेजानेका ती युवकहरु हुनाले किशोरीलाई अभिभावकले मोटरसाइकलमा पठाउँछन् ।

अभिभावक घर पुग्दा युवती भेटिन्नन् । उनी नजिकैको गाउँमा गम्भीर हालतमा भेटिन्छिन् । युवकहरुले नाबालिगक युवतीमाथि बलात्कार गरेको थाहा हुन्छ । युवतीले आफूमाथि ती युवकले बलात्कार गरेको आरोप लगाउँछिन् । युवतीका परिवार गाउँलेसहित मिलेर युवकहरुको घर घेर्छन् ।

गाउँले मिलेर उनीहरुलई जिउँदै आगो लगाइन्छ । घटनामा एकजनाको मृत्यु हुन्छ र अर्को घाइतेलाई उपचारका लागि अस्पताल पुर्याइन्छ ।

युवतीले सदर प्रहरी चौकीमा बलात्कारको आरोपपत्र दर्ता गरेकी छिन् । उनलाई स्वास्थ्य जाँचका लागि पठाइएको छ ।