logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आफूलाई पछाडिबाट छोएको भन्दै चिनियाँ महिलाले पुरुषलाई धकेलिदिएपछि…


अंकुरण खबर
1.131K
Shares

चीनको ताङ्सान सहरमा पुरुषहरूको एउटा समूहले महिलामाथि गरेको क्रुर आक्रमणको भिडियो भाइरल भएपछि नौ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यसले सामाजिक सञ्जालमा आक्रोश निम्त्याएको छ र चीनमा लैंगिक हिंसाको बारेमा पुनः बहस सुरु भएको छ ।

एउटा रेस्टुरेन्टमा एक जना पुरुषले आफ्नो हात महिलाको पछाडि राख्दा महिलाले घचेटेपछि विवाद निम्तिएको थियो । ती व्यक्तिले महिलालाई निरन्तर हानेको र महिला भुइँमा ढलेको देखिन्छिन् । मानिसहरूको समूहले रेस्टुरेन्टमा सँगै खानेकुरा खान आएका ती महिलाका साथीहरूलाई पनि कुटेको भिडियोमा देख्न सकिन्छ ।

आक्रमणका कारण गम्भीर घाइते दुई महिलालाई अस्पताल भर्ना गरिएको छ । उनीहरूको अवस्था स्थिर रहेको प्राप्त विवरणमा जनाइएको छ । अन्य दुई महिलालाई भने सामान्य चोट लागेको छ ।

आक्रमणमा संलग्न नौ जनालाई पक्राउ गरेको ताङ्सान प्रहरीले जनाएको छ । हमलाले शनिबार चिनियाँ सामाजिक सञ्जाल विबोमा चर्चा भएको थियो । सरकारी टेलिभिनले दोषीलाई कडा सजायको माग गरेको छ । ‘यस्तो घटना ममाथि पनि हुन सक्छ । हामीमध्ये कसैलाई पनि हुन सक्छ’,  एक टिप्पणीकर्ताले पोस्ट गरेका छन् । उनको पोस्टमा १ लाखले लाइक गरेका छन् ।