logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मुस्लिमलाई निशाना बनाउदै भारतीय सुरक्षा फौज


अंकुरण खबर
2.093K
Shares

भारतमा पैगम्बर मोहम्मदको बारेमा अपमानजनक टिप्पणीको कारण उत्पन्न दंगामा संलग्न रहेको आरोप लगाउँदै  सुरक्षाकर्मीले केही मुस्लिम व्यक्तित्वहरूको घर ध्वस्त पारेको छ ।

सत्तारुढ भाजपाका दुई प्रमुख सदस्यहरूले इस्लाम विरोधी टिप्पणी गरेपछि मुस्लिमहरूले विरोध प्रदर्शन गरिरहेका छन् ।  आन्दोलनमा संलग्न तीन सयभन्दा बढीलाई प्रहरीले पक्राउ गरेको छ ।

भाजपा प्रवक्ता नुपुर शर्माले एक टिभी बहसको क्रममा मोहम्मदका बारेमा अपमानजनक टिप्पणी गरेकी थिइन् ।

उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथले गत हप्ता त्यहाँ दंगामा संलग्न भएका आरोपितको कुनै पनि अवैध प्रतिष्ठान र घरहरू भत्काउने आदेश दिएका थिए ।  उत्तर प्रदेशका घर मालिकहरूलाई पहिले नै आफ्नो घर खाली गर्न भनिएको थियो ।

हिन्दुस्तान टाइम्सका अनुसार प्रहरीले स्थानीय राजनीतिज्ञ जावेद अहमदको पनि घर भत्काएको छ । उनकी छोरी अफरीन फातिमा एक प्रख्यात मुस्लिम अधिकारकर्मी हुन् ।