logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

श्रीलङ्कामा इन्धनको चरम अभाव, घरबाटै काम गर्न सरकारको आग्रह


अंकुरण खबर
637
Shares

इन्धनको चरम अभावका कारण श्रीलङ्का सरकारले अत्यावश्यक बाहेकका सेवामा संलग्न कर्मचारीहरूलाई घरबाटै काम गर्न आग्रह गरेको छ ।

बीबीसी हिन्दीका अनुसार कम्तिमा दुई हप्ता घरबाटै काम गर्न सरकारले आग्रह गरेको हो । यससँगै विद्यालयहरूलाई अनलाइन अध्ययन गर्न पनि भनिएको छ । विदेशी मुद्रा सञ्चिति सकिएपछि श्रीलङ्काले इन्धन आयात गर्न निरन्तर सङ्घर्ष गरिरहेको छ ।

इन्धन अभावका कारण श्रीलङ्काका सयौँ पेट्रोल पम्प बन्द छन् भने सार्वजनिक यातायात नराम्ररी प्रभावित भएको छ । सरकारले आगामी दुई साता यात्रा गर्न कठिन हुने जनाएको छ । श्रीलङ्काले पेट्रोल र डिजेल किन्न भारतसँग थप आर्थिक सहयोग मागेको छ ।