logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतले तालिबान नियन्त्रित अफगानिस्तानमा सुचारु गर्यो आफ्नो दूतावासको सेवा


अंकुरण खबर
1.352K
Shares

भारतले तालिबान सत्तामा रहेको अफगानिस्तानको काबुलमा आफ्नो दूतावास पुनः संचालनमा ल्याएको छ।

गतवर्षको अगष्ट महिनामा तालिबानले अफगानिस्तानमा हिंस्रक गृहयुद्धपछि त्यहाँको सत्ता हातमा लिएको थियो।त्यसयता त्यहाँ दर्जनौं मूलुकले दूतावास बन्द गरेका थिए। यतिबेला भारतले पनि दूतावासको सेवा सुचारु गरेको हो।

यसै हप्ता अफगानिस्तानमा शक्तिशाली भूकम्प जाँदा त्यहाँ हजारभन्दा बढी मानिस मारिएका छन्। यस्तै अनगिन्ती भवन भत्किँदा त्यहाँ ठूलो क्षति पुगेको छ।

तालिबानले सहयोगकको अपिल गरेको अवस्थामा भारतले दूतावास खोलेको हो। एजेन्सी