logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

नाइट क्लबमा भएको गोली काण्डमा दुई जनाको मृत्यु, १० जना घाइते


अंकुरण खबर
1.716K
Shares

नर्वेको राजधानी ओस्लोको एक नाइट क्लबमा भएको गोली काण्डमा दुई जनाको मृत्यु भएको छ।

बीबीसीका अनुसार घटनामा १० जना घाइते भएको नर्वे प्रहरीले जनाएको छ । सार्वजनिक प्रसारक एनआरके र अन्य स्थानीय सञ्चार माध्यमले गोलीबारी एउटा लोकप्रिय समलैंगिक बार लन्डन पबमा भएको जनाएको छ ।

प्रहरीले संदिग्धलाई पक्राउ गरेको छ । आक्रमणको उद्देश्य के थियो भन्ने तत्काल खुल्न सकेको छैन ।

ओस्लोले शनिबार वार्षिक प्राइड परेड आयोजना गर्ने कार्यक्रम छ । ‘दुई जनाको मृत्यु भएको पुष्टि भएको छ’, ओस्लो प्रहरी विभागले ट्वीटमा भनेको छ ।

गोली लागेर तीन जना गम्भीर घाइते भएका पनि प्रहरीले जनाएको छ ।