logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रुस-युक्रेन युद्धको प्रभाव : ६ दशमलव २ मिलियन भदा बढी मानिस देशभित्रै विस्थापित


अंकुरण खबर
1.859K
Shares

युक्रेनमा रुसको आक्रमणका कारण हालसम्म ६ दशमलव २ मिलियनभन्दा बढी मानिसहरू घरबार छोडेर देशभित्रै बस्न बाध्य भएको अनुमान गरिएको राष्ट्रसंघले जनाएको छ ।

यो संख्या युद्ध सुरु भएदेखि युक्रेनबाट भागेका र अन्य युरोपेली देशहरूमा शरणार्थीको रूपमा दर्ता भएका ५ दशमलव २६ मिलियन मानिसहरूको अतिरिक्त हो । जुन २३ सम्म युक्रेनमा अनुमानित ६.२७५ मिलियन आन्तरिक विस्थापित व्यक्ति (आईडीपी) रहेका राष्ट्र संघको आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठन (आईओएम) ले जनाएको छ । यो २४ फेब्रुअरीमा रुसी आक्रमणपछि आइओएमद्वारा रेकर्ड गरिएको सबैभन्दा कम आइडीपीको संख्या हो ।

फेब्रुअरीदेखि ६ वटा सर्वेक्षण गरेको संयुक्त राष्ट्रसंघीय निकायले ३ मेमा प्रकाशित चौथो सर्वेक्षणमा आईडीपीको संख्या ८ मिलियन पुगेको बताएको छ । पछिल्लो सर्वेक्षणले सुरुमा भागेका ९देशभित्र र बाहिर० ५ दशमलव ५५ मिलियन मानिसहरू आफ्नो घर फर्केको जनाएको छ ।