logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बाइडेनको स्वास्थ्यमा सुधार


अंकुरण खबर
1.196K
Shares

कोभिड–१९ को संक्रमण पुष्टि भएका अमेरिकी राष्ट्रपति जो बाइडेनको स्वास्थ्यमा सुधार आएको छ।

अमेरिकी राष्ट्रपति कार्यालयका चिकित्सकले उनको स्वास्थ्यमा निरन्तर सुधार आइरहेको र उनले औषधि पनि लिइरहेको बताएका हुन्।

बुधबार कोभिड–१९ को संक्रमण पुष्टि भएका बाइडेनलाई बिहीबार ज्वरो आउनेलगायतका लक्षण देखिए पनि शुक्रबार भने उनको अवस्थामा सुधार आएको छ।

ह्वाइट हाउसका अनुसार बाइडेनको सम्पर्कमा आएका १७ जनाको परीक्षण गर्दा कसैलाई पनि कोभिड–१९ को संक्रमण देखिएको छैन।