logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

टिकटक लाइभ स्ट्रिममा पूर्व पत्नीलाई आगो लगाउने चिनियाँलाई मृत्युदण्ड


अंकुरण खबर
1.326K
Shares

आफ्नी पूर्वपत्नीलाई टिकटक लाइभ स्ट्रिमको क्रममा जलाएर हत्या गरेको अभियोगमा दोषी ठहरिएका एक चिनियाँलाई मृत्युदण्ड दिइएको छ । उनलाई दक्षिणपश्चिम सिचुआन प्रान्तमा अदालतको आदेशमा  लु नाम गरेका व्यक्तिलाई शनिबार मृत्युदण्ड दिइएको हो ।

सन् २०२१ मा जानाजानी हत्याको लागि उनीमाथि मृत्युदण्डको सजाय सुनाइएको थियो ।

न्गावा तिब्बती र छियाङ स्वायत्त प्रिफेक्चर मध्यवर्ती जनअदालतका अनुसार उनले गरेको अपराध निकै पाशविक थियो र लु सबैभन्दा कठोर सजायका लागि योग्य थिए । लु र उनकी श्रीमती लामु एघार वर्ष सँगै बसेपछि सन् २०२० को जुनमा छुट्टिएका थिए । दुवैले टिकटकको चिनियाँ संस्करण डोउयिनमा प्रभावकारी रूपमा काम गरेका थिए ।