logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

 बाढीका कारण १० अफगान सुरक्षाकर्मीलाई बाढीले बगायो


अंकुरण खबर
1.378K
Shares

अविरल वर्षासँगै आएको बाढीमा परी अफगानस्थानमा १० जना सुरक्षाकर्मीको ज्यान गएको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार घाज्नी प्रान्तका विपद् व्यवस्थापन एवम् मानवीय मामिला निर्देशक फजलुदिन ओमर हक्कानीले जनाए अनुसार प्रान्तको कराबाग जिल्लामा बिहीबार राति परेको भीषण वर्षासँगै सानो खोलामा आएको ठूलो बाढीमा सुरक्षा बलको गाडी फसेपछि उनीहरूको ज्यान गएको हो ।

उक्त घटनामा अन्य तीनजना सुरक्षाकर्मी घाइते भएका छन् । मनसुनी वर्षा र बाढीका कारण हालै अफगानिस्तानमा तीन दर्जनभन्दा बढीको मृत्यु भएको छ भने कैयौँ घाइते भएका उनले बताए ।