logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सिंगापुर यात्राको प्रतिक्षामा गोटाबाय राजापाक्षे


अंकुरण खबर
1.326K
Shares

देशको अभूतपूर्व आर्थिक संकटबीच सुरु भएको विद्रोहपछि बुधबार माल्दिभ्स भागेका श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपाक्षे सिंगापुरको यात्राको प्रतिक्षामा रहेको प्राप्त विवरणहरुमा जनाइएको छ ।
राष्ट्रपति गोटाबाया राजापाक्षेले मालेबाट सिंगापुरको लागि निर्धारित सिंगापुर एयरलाइन्सको उडानमा सिंगापुर प्रस्थान भने गरिनसकेको डेली मिररले रिपोर्ट गरेको छ । सुरक्षाका कारण उनी सिंगापुर प्रस्थान नगरिसकेको प्राप्त विवरणमा जनाइएको छ ।
राजापाक्षे, उनकी पत्नी इओमा राजपाक्षे र दुई सुरक्षा अधिकारीहरू बुधबार राति मालेबाट सिंगापुरका लागि एसक्यु ४३७ मा सिंगापुर जाने अनुमान गरिएको थियो तर सुरक्षा समस्याका कारण विमानमा चढ्न नसकेको सो पत्रिकाले जनाएको छ ।
कार्यवाहक राष्ट्रपति तथा प्रधानमन्त्री रनिल विक्रमासिंघेले देशमा संकटकालको घोषणा गरेका छन् र पश्चिमी प्रान्तमा कफर््यु लगाइएको छ ।