logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोभिड महामारीबीच गुआङ्सीमा २ हजार पर्यटक फसे


अंकुरण खबर
1.768K
Shares

चीनको गुआङ्सी क्षेत्रको पर्यटकीय रिसोर्टमा पाँच दिनमा करिब ५०० जनामा कोभिड–१९ संक्रमण देखिएको छ । कोभिड महामारीबाट बेहाई शहरमा २ हजारभन्दा बढी पर्यटकहरू अलपत्र परेका ग्लोबल टाइम्सले जनाएको छ । छुट्टीको समयमा बिदा मनाउन पर्यटकहरू उक्त रिसोर्ट पुगेका थिए ।

गुआङ्सीको दक्षिणमा अवस्थित बेहाइ सहर यस क्षेत्रको सबैभन्दा लोकप्रिय पर्यटकीय स्थलहरू मध्ये एक हो ।
बेइहाईमा जुलाई १२ मा पहिलो लक्षणविहीन संक्रमित देखिएकोमा शनिबारसम्म यो संख्या ४४४ पुगेको ग्लोबल टाइम्सले रिपोर्ट गरेको छ ।

गुआङ्सीको स्थानीय स्वास्थ्य आयोगका अनुसार बेहाइ, नानिङ, गुइलिन, हेझाउ र चोङ्जुओलगायत धेरै सहरहरू प्रकोपबाट प्रभावित भएका छन् । त्यस्तै गुआङ्सीको अन्य सहरमा ३० जनामा लक्षणविहीन संक्रमण देखिएको छ ।

गुआङ्सीको बेहाई सहर ओमिक्रोनबाट सबैभन्दा बढी प्रभावित भएको छ ।