logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सीमा सडक निर्माण स्थलबाट १९ भारतीय मजदुर बेपत्ता


अंकुरण खबर
1.651K
Shares

अरुणाचल प्रदेशको दुर्गम कुरुङ कुमे जिल्लामा सीमा सडक निर्माण स्थलबाट दुई साताअघि बेपत्ता १९ मजदुर अझै फेला नपरेको भारतले जनाएको छ । सडक निर्माणमा खटिएका मजदुर दुई सातादेखि वेपत्ता भएका हुन् । चीनसँगको वास्तविक नियन्त्रण रेखा (एलएसी) नजिकै पर्ने उक्त क्षेत्र राज्यको राजधानी इटानगरबाट ३ सय किलोमिटर टाढा पर्छ ।

कुमे नदीमा एक मजदुरको शव फेला परेको अपुष्ट विवरण सार्वजनिक भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । त्यसबारे सत्यता प्रमाणित गर्न टोलीहरू पठाइएको अधिकारीहरूले जनाएका छन् ।

ठेकेदारले दिएको उजुरीअनुसार आसामबाट गएका ती मजदुर जुलाई ५ मा दामिन सर्कलको सीमा सडक संगठन (बीआरओ) को सडक निर्माण स्थलमा रहेको श्रम शिविरबाट बेपत्ता छन् ।