logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नितिश कुमारले बिहारमा आज पुनः मुख्यमन्त्रीको सपथ लिँदै


अंकुरण खबर
2.041K
Shares

मंगलबार बिहारको मुख्यमन्त्रीबाट राजीनामा दिएका नितिश कुमारले आज बुधबार पुनः मुख्यमन्त्रीको सपथ लिने भएका छन् ।

उनले मंगलबार भाजपा गठबन्धनबाट अलग भएको घोषणा गर्दै पदबाट राजीनामा दिएका थिए । उनले भाजपाबाहेक जेडीयू र अन्य ससना दलहरुको सहयोगमा बन्ने महागठबन्धनका तर्फबाट मुख्यमन्त्री बन्ने प्राप्त विवरणहरुमा जनाइएको छ ।

९ वर्षमा दोस्रोपटक नितिश भाजपा गठबन्धनबाट बाहिरिएका हुन् । आफ्ना पार्टीका सांसदहरुसँगको छलफलपछि गठबन्धनबाट बाहिरिने निर्णय गरेको उनले बताएका छन् ।