logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

यात्रुबस र तेल बोक्ने ट्यांकर जुध्दा २० जनाको जलेर मृत्यु


अंकुरण खबर
1.092K
Shares

पाकिस्तानको पन्जाब प्रान्तमा एउटा यात्रुबस र तेल बोक्ने ट्यांकर जुध्दा भएकाे आगलागीमा जलेर कम्तीमा २० जनाको मृत्यु भएको छ । यो पन्जाब प्रान्तमा तीन दिनयता भएको दोस्रो ठूलो  सवारी दुर्घटना हो ।

दुर्घटना लाहोरबाट करिब ३५० किलोमिटर टाढा मुलतानको राजमार्गमा भएको थियो । तीब्र गतिका कारण उक्त दुर्घटना भएको जनाइएको छ । दुर्घटनापछि दुर्घटनाग्रस्त सडक खण्डमा लामो समय सवारी आवगमन ठप्प भएको थियो ।

‘लाहोरबाट कराँची जाँदै गरेको बस र तेल ट्यांकर ठोक्किँदा २० जनाको मृत्यु भएको छ’, उद्धारकर्ताले भने । दुर्घटनाका घाइतेका अस्पतालमा उपचार भइरहेको छ ।