logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

  मिखाइल गोर्बाचेभको अन्तेष्टि


अंकुरण खबर
936
Shares

सोभियत संघका अन्तिम नेता मिखाइल गोर्बाचेभको अन्त्येष्टि सम्पन्न भएको छ ।

उनको राजकीय सम्मानबिना नै शनिबार अन्तेष्टि गरिएको हो । अन्तेष्टि समारोहमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सहभागी भएनन् । उनको ९१ वर्षको उमेरमा मंगलबार निधन भएको थियो ।

सन् १९८५ देखि सन् १९९१ मा सत्तामा रहँदा गोर्बाचेभले लोकतान्त्रिक सुधारहरूद्वारा सोभियत संघलाई रूपान्तरण गर्न खोजेका थिए । सोभियत संघ विघटन गरेकाले अधिकांश रुसीले गोर्बाचेभलाई मन पराउँदैनथे । पश्चिमा देशहरुका लागि भने गोर्बाचेभ सदा नायक सावित भए ।