logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सांघाई सहयोग बैठकमा पुटिन र मोदीबीच के विषयमा छलफल भयो ?


अंकुरण खबर
1.378K
Shares

Russia's President Vladimir Putin shakes hands with India's Prime Minister Narendra Modi ahead of their meeting at Hyderabad House in New Delhi, India, December 6, 2021. REUTERS/Adnan Abidi - RC209R9SCYIG

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । उज्बेकिस्तानको समरकन्दमा भएको सांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनको छेउमा भएको वार्तामा युक्रेन युद्धलगायत समसामयिक विषयमा छलफल भएको रुसी प्रशासन केन्द्र केमलिनले जनाएको छ ।

उज्बेकिस्तानमा भएको क्षेत्रीय सुरक्षा ब्लक शिखर सम्मेलनको छेउमा शुक्रबार भारतीय प्रधानमन्त्री मोदीले पुटिनलाई भने, ‘ मलाई थाहा छ कि आजको युग युद्धको युग होइन र मैले तपाईसँग यस बारे टेलिफोनमा छलफल गरेको छु’,
उनले लोकतन्त्र, कूटनीति र संवादले विश्वलाई एकताबद्ध बनाएको बताए ।

जबाफमा पुटिनले युक्रेनले वार्ता अस्विकार गरेको र आफ्नो उदेश्य ‘युद्ध मैदानमा ’ प्राप्त गर्न चाहेको बताएका थिए । उनले मोदीलाई भने, ‘मलाई युक्रेनको द्वन्द्वमा तपाईंको स्थिति थाहा छ । तपाईंहरूले निरन्तर व्यक्त गर्नुभएको चिन्ताको बारेमा मलाई थाहा छ।’

सो अवसरमा रुसी राष्ट्रपति पुटिनले मोदीलाई युक्रेन द्वन्द्व बारेमा नयाँ दिल्लीको चासो बुझेको र यसलाई जति सक्दो चाँडो अन्त्य गर्न चाहेको बताएका थिए