logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रुसी पत्रकार बसेको होटेलमा मिसाइल हमला, पूर्वसांसदसहित दुई जनाको मृत्यु


अंकुरण खबर
1.352K
Shares

क्रेनको खेरसन सहरको एक होटलमा युक्रेनी सेनाको मिसाइल आक्रमणमा पूर्वसांसद सहित दुई जनाको मृत्यु भएको क्रेमलिन समर्थक अधिकारीहरुले बताएका छन् ।
आक्रमणमा रुस समर्थक पूर्व युक्रेनी सांसद ओलेक्सी झुराभको मारिएका रुस समर्थित अधिकारी किरिल स्ट्रेमोसोभले एक विज्ञप्तिमा बताएका छन् । युक्रेनी सशस्त्र सेनाले आइतवार प्ले होटलमा मिसाइल प्रहार गरेको थियो । आक्रमणबारे किभले कुनै प्रतिकृया दिएको छैन् ।

सो आक्रमण युक्रेनको प्रायोजित अतिवादी कार्य भएको टेलिग्राममा पोस्ट गरिएको उक्त विज्ञप्तिमा जनाइएको छ । आक्रमणमको समयमा सो होटलमा रुसी पत्रकारहरु पनि रहेको प्राप्त विवरणहरुमा जनाइएको छ । तर, घटनाबारे स्वतन्त्र पुष्टि हुन बाँकी छ ।