logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अवैध औषधि प्रयोग गर्दा यमनमा १० बालबालिकाको मृत्यु


अंकुरण खबर
1.677K
Shares

यमनको राजधानी सानाको एक सार्वजनिक अस्पतालमा तस्करी गरिएको औषधि प्रयोग गरी उपचार गरिँदा ल्युकेमिया भएका दश बालबालिकाको मृत्यु भएको हुथी-नियन्त्रित स्वास्थ्य अधिकारीहरूको विज्ञप्ति उद्धृत गर्दै हुथीद्वारा सञ्चालित अल-मासिराह टिभीले शुक्रबार उल्लेख गरेको छ।

यसैबीच, सोही औषधि प्रयोग गरिंदा अन्य नौ बालबालिकाको स्वास्थ्य अवस्था गम्भीर रहेको र त्यस बारे अनुसन्धान भइरहेको जनाइएको छ ।
यमन भरका अस्पतालहरूमा तस्करी गरिएका औषधिहरूको प्रयोग सामान्य जस्तै मानिन्छ । गृहयुद्ध शुरु भएदेखि यमनका आधाभन्दा बढी स्वास्थ्य संस्थाहरू उपकरण, औषधि र बजौट अभावले थल परेका छन् ।