भारतको केन्द्रीय बैंक (आरबीआई)ले फेरि ब्याजदर बढाएको छ । आरबीआईका गभर्नर शक्तिकान्त दासले रिपो दरमा ०.३५ प्रतिशत बिन्दुले वृद्धि गरेका हुन् । यो वृद्धिसँगै अब भारतीय रिजर्भ बैंकले तोकेको रिपो दर ६.२५ प्रतिशत पुगेको छ ।
साढे २ महिनाअघि मात्रै रिपो दर ०.५० प्रतिशत बिन्दुले बढाएका गभर्नर दासले पुन: बढाएका हुन् । यसअघि ३० सेप्टेम्बरमा उनले रिपो दर ०.५० प्रतिशत बिन्दुले बढाएर ५.९० प्रतिशत पुर्याएका थिए । मूल्यवृद्धिलाई नियन्त्रण गर्ने उद्देश्यले ब्याजदर वृद्धि गरिएको दासले बताएका छन् । उनले चालु आर्थिक वर्ष २०२२–०२३ मा मूल्यवृद्धि ६.७ प्रतिशतको सीमाभित्र राख्ने लक्ष्य लिएको इकोनाेमिक टाइम्सले उल्लेख गरेको छ ।